प्रणालीगत महत्त्वपूर्ण बैंक छान्ने काम सुरु, अब बैंकले थप पूँजी राख्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रणालीगत महत्त्वपूर्ण बैंक छान्ने काम सुरु, अब बैंकले थप पूँजी राख्नुपर्ने



काठमाडौं। नेपाल राष्ट्र बैंकले अब देशका सबैभन्दा महत्वपूर्ण ९प्रणालीगत० बैंक पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ। सोमबारदेखि लागू भएको फ्रेमवर्क २०२५ मार्फत कुन बैंक प्रणालीका हिसाबले कति ठूलो वा जोखिमपूर्ण छ भन्ने आधारमा छनोट गरिने भएको हो।

राष्ट्र बैंकका अनुसार सन् २००८ को वित्तीय संकटपछि सिकिएको पाठका आधारमा यो व्यवस्था ल्याइएको हो । कुनै बैंक ‘टु बिग टु फेल’ नबनोस् र देशको वित्तीय प्रणाली सुरक्षित रहोस् भन्ने उद्देश्यले यो व्यवस्था ल्याएको बैंकले जनाएको छ ।

फ्रेमवर्कले बैंक छान्दा ४ संस्थाको आकारको भार ४० प्रतिशत हुनेछ भने अन्य बैंकहरूसँगको जोड ३० प्रतिशत हुने छ ।त्यसैगरी स्थायित्वको भार १५ प्रतिशत र जटिलताको १५ प्रतिशत भार रहने फ्रेमवर्कमा उल्लेख छ ।

यी आधारले बैंक कति ठूलो छ ? कति बैंकहरूसँग जोडिएको छ ? कति स्थिर छ र कुन स्तरका कारोबार गर्छ भन्ने स्पष्ट हुन्छ। छानिएका प्रणालीगत बैंकलाई अब ०.२० प्रतिशत देखि १ प्रतिशतसम्म थप पूँजी राख्नुपर्ने हुनेछ। राष्ट्र बैंकले तोकेको यो अतिरिक्त पूँजी २०८३ पुसदेखि लागू हुनेछ।

राष्ट्र बैंकका अनुसार नयाँ फ्रेमवर्कले ठूलो बैंकहरूलाई अझ सुरक्षित बनाउने र वित्तीय प्रणालीलाई जोखिमबाट जोगाउन मद्दत गर्नेछ।

प्रकाशित : 25 November, 2025 1:09 pm