काठमाडौं। नेपाल राष्ट्र बैंकले अब देशका सबैभन्दा महत्वपूर्ण ९प्रणालीगत० बैंक पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ। सोमबारदेखि लागू भएको फ्रेमवर्क २०२५ मार्फत कुन बैंक प्रणालीका हिसाबले कति ठूलो वा जोखिमपूर्ण छ भन्ने आधारमा छनोट गरिने भएको हो।
राष्ट्र बैंकका अनुसार सन् २००८ को वित्तीय संकटपछि सिकिएको पाठका आधारमा यो व्यवस्था ल्याइएको हो । कुनै बैंक ‘टु बिग टु फेल’ नबनोस् र देशको वित्तीय प्रणाली सुरक्षित रहोस् भन्ने उद्देश्यले यो व्यवस्था ल्याएको बैंकले जनाएको छ ।
फ्रेमवर्कले बैंक छान्दा ४ संस्थाको आकारको भार ४० प्रतिशत हुनेछ भने अन्य बैंकहरूसँगको जोड ३० प्रतिशत हुने छ ।त्यसैगरी स्थायित्वको भार १५ प्रतिशत र जटिलताको १५ प्रतिशत भार रहने फ्रेमवर्कमा उल्लेख छ ।
यी आधारले बैंक कति ठूलो छ ? कति बैंकहरूसँग जोडिएको छ ? कति स्थिर छ र कुन स्तरका कारोबार गर्छ भन्ने स्पष्ट हुन्छ। छानिएका प्रणालीगत बैंकलाई अब ०.२० प्रतिशत देखि १ प्रतिशतसम्म थप पूँजी राख्नुपर्ने हुनेछ। राष्ट्र बैंकले तोकेको यो अतिरिक्त पूँजी २०८३ पुसदेखि लागू हुनेछ।
राष्ट्र बैंकका अनुसार नयाँ फ्रेमवर्कले ठूलो बैंकहरूलाई अझ सुरक्षित बनाउने र वित्तीय प्रणालीलाई जोखिमबाट जोगाउन मद्दत गर्नेछ।





Comment