दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । तोलामा ३५ रूपैयाँले बढेर चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।

प्रकाशित : 23 November, 2025 11:17 am