घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १३ सय रुपैयाँले सस्तिएको छ। यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ ७ सयले बढेको थियो । आज चाँदीको भाउ पनि ८५ रुपैयाँले घट्दै प्रतितोला ३ हजार १०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 21 November, 2025 11:04 am