तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि



काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई रु. ५५३ अर्ब ३१ करोड पुगेको छ।  नेपाल राष्ट्र बैंकको तीन महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा वृद्धि दर ११.९ प्रतिशत थियो।

असोज महिनामा मात्र विप्रेषण आप्रवाह रु. २०१ अर्ब २२ करोड पुगेको छ, जुन अघिल्लो वर्षको रु. १४४ अर्ब १७ करोड भन्दा बढी हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ६१० अर्ब ६१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ४४३ अर्ब ७६ करोड थियो।

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १,२३,४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७,२५७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १,१०,६५४ र ५९,९३९ थियो।

प्रकाशित : 16 November, 2025 1:08 pm