अर्थ मन्त्रालयको राजश्व सचिवमा भुपाल बराल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

अर्थ मन्त्रालयको राजश्व सचिवमा भुपाल बराल नियुक्त



काठमाडौं । अर्थ मन्त्रालयको राजश्व सचिवमा भुपाल बराल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई राजश्व सचिवमा सुरुवा गर्ने निर्णय गरेको हो ।

उनी बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् । यसअघिका राजश्व सचिव दिनेशप्रसाद घिमिरेलाई गत सोज ६ गते प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सुरूवा गरिएको थियो।

विसं २०८० चैतमा अर्थ मन्त्रालय मातहतको जिम्मेवारीबाट हटेका बराल फेरि अर्थ मन्त्रालयमा आएका हुन् ।

प्रकाशित : 12 November, 2025 5:31 pm