काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्बिरहरू) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

 काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्बिरहरू)



काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि आयोजित “ट्रफी जात्रा” पाटन दरवार स्क्वायर पुगेको छ।

एनपीएलका प्रत्येक सहभागि टीमले ट्रफी टूर गरिरहेको बेला काठमाडौं गोर्खाजले पनि भक्तपुर दरवार स्क्वायरसँगै पाटन र काठमाडौं दरवार स्क्वायरमा “ट्रफी जात्रा” आयोजना गरेको हो।

पाटन दरवार क्षेत्र पुगेको ट्रफीसंग फोटो खिच्नको लागि समर्थकहरूको भीड लागेको थियो । विराटनगरबाट सुरू भएको ट्रफी टूर सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिने बताइएको छ।

विराटनगरबाट ट्रफी टुर मधेश प्रदेशको जनकपुरबाट चितवन हुँदै काठमाडौं आइपुगेको हो । काठमाडौंका प्रमुख स्थानमा ट्रफी टूर गरेसंगै पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर टुंगिने छ ।

प्रकाशित : 12 November, 2025 3:53 pm