काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार आचार्य नियुक्त भएका छन् ।
उनी आगामी माघ १२ गतेदेखि लागू हुने गरि सीइओ बनेका हुन् । उनी हाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।
हालका सीइओ निश्चलराज पाण्डेको कार्यकाल आगामी माघ ११ गतेदेखि सकिँदैछ । उनको कार्यकाल सकिने मिति नजिकिएसँगै सोमबार (कात्तिक २४ गते) बसेको संचालक समितिले आचार्यलाई सीइओ नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।





Comment