सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।सप्तरीको महादेवा गाउँपालिका– २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा निर्देशनालयका योजना प्रमुख तथा कृषि अर्थविज्ञ विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा–२ का वडाध्यक्ष जगदीश मण्डल, उपभोक्ता समितिका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव र कन्सल्टेन्ट कम्पनीका प्रोप्राइटर हरिशकुमार सिंह समेतलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ती आठै जनामाथि ६ लाख ९० हजार ६५७ रुपैयाँ बराबरको आर्थिक बिगो कायम गरी विशेष अदालतमा मङ्गलबार मुद्दा दायर गरिएको हो ।

प्रकाशित : 4 November, 2025 6:04 pm