काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको पशुपति मन्दिर परिसरस्थित कैलाश डाँडाँ क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले गर्दै वृक्षारोपण अभियानको शुभारम्भ गरेका थिए।
यस अवसरमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा लगायत बैंकका अन्य उच्च पदाधिकारीहरूको पनि उपस्थिति थियो।
बैंकले समाजप्रति उत्तरदायित्व वहन गर्ने उद्देश्यका साथ वातावरणीय संरक्षण र हरित पहलमा निरन्तर योगदान दिँदै आएको छ। पशुपति मन्दिर परिसरमा यस किसिमका वृक्षारोपण तथा सरसफाइ कार्यक्रमहरू बैंकले समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ।
नेपाल एसबिआई बैंकले बिगत ३२ वर्षदेखि नेपालभर वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
बैंकले भविष्यमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका यस्ता कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।





Comment