इसेवा र शिखर इन्स्योरेन्सद्वारा ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

इसेवा र शिखर इन्स्योरेन्सद्वारा ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

नेपालकै अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र प्रमुख निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रूपमा नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक गरेका छन्। योजना स्वास्थ्य सुरक्षालाई डिजिटल र सहज पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको हो।

यो बीमा योजना ५ वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकका लागि उपलब्ध हुनेछ। बीमांकका विकल्पहरू रु. २ लाख, ३ लाख र ६ लाख राखिएका छन् भने प्रिमियम रु. १,३९९ बाट सुरु हुने कम्पनीले जनाएको छ।

‘सहारा हेल्थ इन्स्योरेन्स’ अन्तर्गत बीमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार, ल्याब परीक्षणदेखि दुर्घटना उपचारसम्मका सुविधा पाउनेछन्। नेपालभरका शिखर इन्स्योरेन्सका २६ नेटवर्क अस्पतालहरूमा क्यासलेस उपचार सेवा उपलब्ध हुनेछ, जबकि अन्य मान्यता प्राप्त अस्पतालमा उपचारपछि क्यास रिइम्बर्समेन्ट सुविधा पनि पाउने व्यवस्था गरिएको छ।

योजनामा निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि समावेश छ, जसले स्वास्थ्य सल्लाहलाई झन् सहज बनाउने कम्पनीको दाबी छ। ग्राहकहरूले इसेवा एपमार्फत केही मिनेटमै यो बीमा खरिद गर्न सक्ने छन्, र पोलिसी तुरुन्तै एसएमएस तथा इमेलमार्फत प्राप्त हुन्छ।

शुभारम्भ कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, “सहारा हेल्थ इन्स्योरेन्सले बीमा क्षेत्रको डिजिटलाइजेशनमा नयाँ अध्याय लेख्नेछ। यसले स्वास्थ्य बीमालाई सर्वसुलभ र पहुँचयोग्य बनाउनेछ।”

प्रकाशित : १६ कार्तिक २०८२, आइतबार १७:४१ 2 November, 2025 5:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।