एनटिसी र एनसेल पछि स्मार्ट टेलिकमले पायो फोरजी लाइसेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

एनटिसी र एनसेल पछि स्मार्ट टेलिकमले पायो फोरजी लाइसेन्स

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं  १० जेठ।स्मार्ट टेलिकमले पनि फोरजी सेवा सञ्चालन गर्ने अनुमति पाएको छ । नेपाल दुरसंचार  प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता बमोजिम सेवा संचालन गर्न स्वीकृति दिएको हो ।

स्मार्ट टेलिकमले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नविकरण दस्तुरलगायतका तिनुपर्ने दस्तुर बुझाईसकेपछि आगामी साउन १५ गतेदेखि प्रविधि तटस्थता बमोजिम सेवा प्रारम्भ गर्न पाउने गरी स्वीकृति पाएको बताइएको छ । कम्पनीले नेपालरभर सेवा संचालन गर्नेछ ।

स्मार्टले प्रत्येक ३ महिनामा कार्यप्रगति बिबरण प्राधिकरणमा पेश गर्नुपर्ने छ भने क्षेत्र बिस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिइने निर्देशन पालना गर्नुपर्नेछ ।

स्मार्ट समेत गरी हालसम्म तीन कम्पनीले फोरजी सेवा सञ्चालन गर्ने अनुमति पाएका छन् ।  यसअघि सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले यस्तो सेवा संचालनको अनुमति पाइसकेका छन् ।

 

प्रकाशित : १० जेष्ठ २०७४, बुधबार ०७:५३ 24 May, 2017 7:53 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।