काठमाडौँ । प्रधानमन्त्री बनेको डेढ महिनापछि सुशीला कार्कीले आज आइतबार ४ नयाँ मन्त्री थप गर्ने भएकी छिन् ।
सरकार बिस्तार अन्तर्गत कार्कीले आफ्नो क्याबिनेटमा ४ जा मन्त्री थप गर्ने भएकी छिन् । मन्त्रीहरूको नाम शपथको लागी बालुवाटार पुगिसकेको बताइएको छ ।
नयाँ मन्त्रीको सूचिमा गणपति लाल श्रेष्ठ, सुधा गौतम, बब्लु गुप्ता र खगेन्द्र सुनार रहेका छन् ।
प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र सुनारलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । कार्कीले योसमेत तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेकी हुन् ।





Comment