काठमाडाैं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने कात्तिक ९ गते, आइतबार, अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुकक्लोज गर्दैछ।
भोली अर्थात कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले कात्तिक २५ गते, मंगलबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ।
सभाले प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गर्नेछ।





Comment