सुन प्रतितोला २ लाख ५८ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन प्रतितोला २ लाख ५८ हजार



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेर्कड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(शुक्रबार) सुन प्रतितोला २ लाख ५८ हजार कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी ७५ रुपैयाँले बढी ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको थियो ।

प्रकाशित : 17 October, 2025 11:29 am