वीरगन्ज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

वीरगन्ज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको नेतृत्वले व्यक्तिगत लाभका लागि वीरगन्जको छपकैयामा अवस्थित पानी प्रशोधन केन्द्रलाई बन्द गरी बाख्रा तथा माछा पालन गराउँदै आएको पाइएको छ ।
वीरगन्ज सहरबाट उत्र्षजित फोहोर पानीलाई प्रशोधन गर्न वीरगन्ज–१ छपकैयामा निर्माण भएको पानी प्रशोधन केन्द्रलाई विगत एक वर्षदेखि बन्दगरी महानगरपालिकाको नेतृत्वले ऐन कानुनलाई लत्याउँदै व्यक्तिगत लाभका लागि बाख्रा तथा माछा पालन गराएको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय मकवानपुरको टोलीले बुधबार पानी प्रशोधन केन्द्रमा छापा मारी गर्दा बाख्रा तथा माछा पालन हुँदै गरेको फेला पारेको थियो । सचेत नागरिकहरुका तर्फबाट लिएको उजुरीमाथि छानविन गर्दा पानी प्रशोधन केन्द्रमा रहेका चारवटै पोखरिमा माछा र परिसरभित्र बाख्रा पालन भइरहेको अख्तिायारका एक अधिकृतले जानकारी दिए ।

उनले एशियाली विकास बैक र नेपाल सरकारको लागि फोहोर पानीलाई प्रशोधन गर्ने उद्देश्यले निर्माण भएको यस केन्द्रमा माछा तथा बाख्रा पालन गर्न नपाइने स्थानीयको भनाइ छ । सरहबाट संकलन गरिएको फोहोर पानीलाई प्रशोधन गर्न निर्माण भएका चारवटै पोखरीमा विभिन्न जातका माछा पालिएका छन भने परिसर भित्र ठूलो संख्यामा बाख्रा पालिएको अख्तियारका अधिकारीको भनाइ रहेको छ ।माछा पालन गर्नकै लागि फोहोर पानीको प्रशोधनलाई बन्दगरिएको जस्तो देखिएको उनको भनाइ रहेको छ ।

पानी प्रशोधन केन्द्रमा भएको माछा तथा बाख्रा पालनवारे आफुहरुलाई कुनै जानकारी नभएको महानगरपालिकाका सूचना अधिकारी सुनिल कर्णले दावी गरे । केन्द्रको सुरक्षाका लागि २४ घण्टै कर्मचारी खटिएको स्वीकार गरेपनि बाख्रा र माछा पालन कसले गर्यो र कसले गरायो सोको जानकारी नभएको उनले बताए ।

१० विघा क्षेत्रफलमा फैलिएको पानी प्रशोधन केन्द्रको निर्माणमा एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोष र महानगरपालिाको १२ करोड रुपैंयाँ लगानी भएको छ । केन्द्रको निर्माणमा एशियाली विकास बैंक, नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको ८ प्रतिशत रकम लागनीको छ ।

प्रकाशित : ३० आश्विन २०८२, बिहिबार ११:३४ 16 October, 2025 11:34 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।