नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा असोज २७ गतेको सञ्चालक समितिको निर्णयअनुसार १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो।

बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ।

यदि उक्त मितिसम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक सेयरधनीले बैंकको भरतपुर चितवनमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित : 15 October, 2025 12:13 pm