काठमाडौं । गृह मन्त्रालयले दुई पूर्वप्रधानमन्त्रीले मापदण्डभन्दा बढी प्रयोग गर्दै आएका सुरक्षाकर्मीहरू फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीका लागि खटाइएका अतिरिक्त सुरक्षाकर्मीहरू तत्काल फिर्ता बोलाउने निर्णय गरेको हो।
गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, दाहालले मापदण्डभन्दा ३४ जना बढी र ओलीले २७ जना बढी सुरक्षाकर्मी राखेका थिए। मन्त्रालयले मापदण्ड उल्लंघन भएको भन्दै ती सुरक्षाकर्मीहरू फिर्ता गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पठाउने तयारी गरेको छ।
अधिकारीले बताए, “मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाइएका तथ्य फेला परेकाले गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्न निर्देशन दिने तयारी गरेको हो। अब सबै पूर्वप्रधानमन्त्रीको सुरक्षा व्यवस्थापन समान मापदण्डअनुसार हुनेछ।”





Comment