नेप्सेमा ४५ अंकको गिरावट, पाँच अर्ब ७६ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ४५ अंकको गिरावट, पाँच अर्ब ७६ करोडको कारोबार



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्च (नेप्से) मा गिरावट आएको । आज बजार ४५.३६ अंकले घटेर २५५९ को बिन्दुमा कायम भएको हो ।

समग्रमा राताम्मे बनेको बजारमा आज विभिन्न सेक्टरका ३३५ वटा कम्पनीहरुको एक करोड ३७ लाख ४९ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावर डेभलपमेन्टको २२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ का इकाईधनीले कमाएका छन् । त्यसैगरी, एनआइएमबि डिबेञ्चर २०९० का इकाईधनीले पनि मनग्य कमाएका छन् ।

आज सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् । आज पनि सम्पूर्ण इन्डेक्सहरु राताम्मे बनेका छन् । फाइनान्स र होटल सेक्टर सबैभन्दा बढी प्रतिशतले घट्न पुगेको छ ।

प्रकाशित : 8 October, 2025 3:19 pm