शेयर बजारमा पहिरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा पहिरो



काठमाडौं । दसैँ र दुई दिनको बाढीपहिरोपछि आज खुलेको शेयर बजारमा दुई प्रतिशत भन्दा बढीको पहिरो गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचकमा ५८ दशमलव ५५ अङ्क अर्थात् २.१९% को गिरावट आएको छ ।

कारोबार रकम पनि चार अर्बमा सीमित भएको छ । तर, अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम भने केही बढेको हो ।

आज ३२६ वटा कम्पनीको एक करोड तीन लाख ४५ हजार ९०३ कित्ता शेयर ५५ हजार ४५० पटक खरिदबिक्री हुँदा कुल चार अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि असोज १२ गते ११.५१ अंकले नेप्से बढ्दा दुई अर्ब ९३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज सबै सूचक र उपसूचकहरू राताम्मे भएका छन् । नेप्सेको यो गिरावटले लगानीकर्तामा निराशा छाएको छ ।

जेन्जी आन्दोलनपछि मुलुकको राजनीतिक वातावरण बिग्रिएसँगै शेयरबजारले निराशाको बाटो समाएको हो । भावी राजनीतिले कुन बाटो लिन्छ भन्ने अन्योलताकाबीच लगानीकर्ताहरू चिन्तित देखिएका छन् ।

प्रकाशित : 7 October, 2025 4:34 pm