काठमाडाै। ब्रोकर नम्बर ६३ अर्थात् हिमालयन ब्रोकरेजले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २९ गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीको सभामा लाभांश, हकप्रद, मर्जर लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु।
क) सामान्य प्रस्ताव :
१ ) आ.व. २०८१/८२ को संचालक समितिको बार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिवेदन सहित असार मशान्त सम्मको कम्पनीको वासलात, मिति २०८१/०४/०१ देखि २०८२/०३/३२ सम्मको नाफा नोक्सानको हिसाव सहित सोही अवधिको नगद विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने ।
३) संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १० प्रतिशतको दरले हुन आउने नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृती प्रदान गर्ने ।
४) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०८२ / ८३ को लागि लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
ख) विशेष प्रस्ताव
१.कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा ।
२. प्रस्ताव नं. १ बमोजिम कम्पनीको हकप्रद शेयर निष्काशन पश्चात साविकको जारी र चुक्ता पुँजीमा हुने बृद्धि अनुसार कम्पनीको प्रवन्धपत्र र नियमावली तथा अन्य सम्बन्धित निकायहरुबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी पत्यायोजन गर्ने ।
३. कम्पनीले अन्य कुनै एक वा एकभन्दा बढी धितोपत्र दलाल व्यवसायी संस्थाहरुसँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर प्राप्ति समिति गठन गर्ने, उपयुक्त धितोपत्र दलाल व्यवसायीसँग समझदारी (Memorandum of Understanding) गर्ने, सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन ( Due Diligence Audit) गर्न मान्यता प्राप्त मुल्यांकनकर्ताको पारिश्रमिक तोक्ने, शेयर आदान प्रदान अनुपात ( Share Swap Ratio) निर्धारण गर्ने, गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्न अन्तिम सम्झौता गर्ने लगायतका मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
24 September, 2025 10:26 am





Comment