बुबालाई साक्षी राखेर नवनियुक्त सञ्चारमन्त्री खरेलले गरे पदभार ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बुबालाई साक्षी राखेर नवनियुक्त सञ्चारमन्त्री खरेलले गरे पदभार ग्रहण



काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् ।
आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खनालले पदभार ग्रहण गरेका हुन् ।

आफ्ना बुबा सिद्धिप्रसाद खरेलसहित मन्त्रालय पुगेका उनले पत्रकारहरुलाई आफ्नो बुबाको परिचय गराएका थिए । पत्रकारहरुसँग उनले छोराले राम्रो काम गर्नुपर्ने सुझाव दिए ।

पदभार ग्रहणपछि उनले कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गरेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।

प्रकाशित : 22 September, 2025 4:58 pm