सर्वसाधारणका लागि सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सर्वसाधारणका लागि सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

यसअघि गत भदौ ८ गते कम्पनीका विद्यामान संस्थापक सेयरधनीहरुका लागि १५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको दर र सेयर संख्या खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको टंगालमा रहेको प्रधन कार्यालयमा आवेदन दिनुपर्नेछ।

प्रकाशित : 15 September, 2025 12:47 pm