असोज २ गतेसम्म सेयरबजार बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

असोज २ गतेसम्म सेयरबजार बन्द



काठमाडौं । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै असोज २ गते सेयरबजार बन्द रहने जानकारी दिएको हो ।

‘नेप्सेले धितोपत्र ऐन २०६३ को दफा ९० (१) घ बमोजिम धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएअनुसार उक्त अवधिका लागि सेयरबजार बन्दको निर्णय गरेको जनाएको छ ।

जेनजी आन्दोलनका कारण सेयरबजार गत भदौ २४ गतेदेखि बन्द छ । लगानीकर्ताले भने वर्तमान राजनीतिक अवस्था सामान्य नभएसम्मका सेयर कारोबार बन्द गर्नुपर्ने माग गर्दै आईरहेका छन् ।

प्रकाशित : 12 September, 2025 4:44 pm