कारागार तोडफोडमा संलग्न फरार कैदीबन्दी पक्राउ गर्न प्रहरीको अपिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

कारागार तोडफोडमा संलग्न फरार कैदीबन्दी पक्राउ गर्न प्रहरीको अपिल



काठमाडौं । देशभर भदौ २३ गतेपछि भएका प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालय र इकाइहरू, साथै कारागार कार्यालयहरूमा तोडफोड हुँदा कैदीबन्दीहरू फरार भएको घटनापछि नेपाल प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न स्थानीय तहमा सहयोग गर्न अपिल गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा अनुसन्धानका क्रममा रहेका अभियुक्त र कैदीबन्दीहरु तोडफोडको अवसरमा भागेको उल्लेख छ। त्यस्ता अभियुक्त वा कैदीबन्दीलाई पक्राउ गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालय, प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयमा समन्वय गर्न अपिल गरिएको छ।

प्रहरीले फरार अभियुक्तलाई नियन्त्रणमा लिन आम नागरिकलाई पनि सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित : 11 September, 2025 4:20 pm