काठमाडौँ । काठमाडौँको बौद्ध, चाबहिल र गौशाला क्षेत्रमा अराजक समूहले लुटपाट गरेर भागाएको ३३ लाख ७० हजार रुपैयाँ नेपाली सेनाले बरामद गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सेनाले विशेष अपरेसन सञ्चालन गरी ती क्षेत्रमा फैलिएको उक्त रकम संकलन गरेको हो। लुटपाटमा संलग्न समूहको खोजी कार्य जारी रहेको र पक्राउका लागि सुरक्षाकर्मीलाई परिचालन गरिएको निर्देशनालयले जनाएको छ।
घटनापछि क्षेत्रलाई थप सुरक्षीत बनाउन सेना र अन्य सुरक्षाकर्मीले संयुक्त गस्ती बढाएको छ। साथै, स्थानीय बासिन्दालाई शंकास्पद गतिविधि देखिएमा तुरुन्तै जानकारी गराउन आग्रह गरिएको छ।
यस घटनाले राजधानीका व्यस्त क्षेत्रहरूमा सुरक्षा चुनौती थपिएको भन्दै सरकारले नियन्त्रणका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ।





Comment