मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिए



काठमाण्डौ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा। सीके राउतको निर्देशनमा पदबाट राजीनामा दिएका छन्।

राजीनामासँगै जारी वक्तव्यमा उनले जेन–जी पुस्ताको आन्दोलनमा प्रदर्शनकारीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

सिंहले भने, “नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ म आत्मसम्मानपूर्वक राजीनामा गर्दछु।” उनी संविधानले दिने शान्तिपूर्ण आन्दोलनको अधिकारको सम्मान गर्दै समस्या समाधानका लागि संवाद र सहकार्य जारी रहने बताएका छन्।

प्रकाशित : 9 September, 2025 2:00 pm