आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ ःकुलमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ ःकुलमान

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् । 
सामाजिक सञ्जाल मार्फत उनले देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा भत्र्सना समेत गरेका छन् । 
उनले लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो । देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन–जी पुस्ताले सोमबार देशभर स्वतःस्फूर्तरूपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भत्र्सना गर्दछु ।’
त्यस्तै, उनले यो  आक्रोश युवाहरूको सपना, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना भएको भन्दै सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नुपर्ने धारणा राखे । 
देशभित्रै सुन्दर भविष्य, समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले आफू मर्महात भएको बताउँदै जेन जी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्न माग समेत गरे । 
यस दुखद् घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै उनले राज्यले कलिला युवाहरुमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलन अब जेन जीको मात्र नभएर आम नेपाली जनताको आन्दोलन बनेको उनको भनाई छ ।

प्रकाशित : २३ भदौ २०८२, सोमबार २१:५३ 8 September, 2025 9:53 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।