गरिमा बिकास बैंकको ७० प्रतिशत हकप्रद भर्नु भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमा बिकास बैंकको ७० प्रतिशत हकप्रद भर्नु भयो ?



काठमाडाै ३ जेठ । गरिमा बिकास बैंकले १०:७ को अनुपातमा अर्थात ७० प्रतिशतका  हकप्रद निष्काशन तथा बिक्रि गरिरहेको छ। बैशाख १४ देखि बिक्रि खुला गरिएको गरिमा विकास बैंकको हकप्रद जेठ १७ सम्म भर्न सकिने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलले जनाएको छ।

७० प्रतिशत हकप्रदका लागि बैंकले गत फागुन चैत ३० का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले गत चैत २९ सम्म कायम सेयरधनीहरुले हकप्रद भर्न पाउने छन। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ९० करोड ७६ लाख २९ हजार ६ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार २ सय ९६ दशमलब ६६ कित्ता हकप्रद निष्काशन तथा बिक्रि खुला गरेको हो।

गत चैत २९ सम्म कायम सेयरधनीहरुले बैशाख १४ देखि जेठ १७ सम्म बिक्रि प्रबन्धक एस क्यापिटल लिमिटेड, लाल दरबार, काठमान्डू र एस डेभलपमेन्ट बैंक, गरिमा बिकास बैंक, महालक्ष्मी बिकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्ने छन।

प्रकाशित : ३ जेष्ठ २०७४, बुधबार ०६:४०