धौलागिरी लघुवित्तका शेयरहरू भदौ १९ पछि खुला, बजारमा कारोबारयोग्य हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धौलागिरी लघुवित्तका शेयरहरू भदौ १९ पछि खुला, बजारमा कारोबारयोग्य हुने



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि भदौ १९ गते समाप्त हुने भएको छ। उक्त मितिमा संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

खप्तड लघुवित्तसँग मर्जरमा गएको संस्थाको मर्जरपश्चात संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १५ सय कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ ।

मर्जरअघि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर संख्या २ लाख ६८ हजार र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर संख्या २ हजार कित्ता थियो ।

संस्थाले २०७९ भदौ ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७९ भदौ २० गते बाँडफाँड गरिएको थियो ।

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन तहका कर्मचारीहरुले भने पद बहाल रहुन्जेल र अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म खरिदबिक्री गर्न पाउने छैनन् ।

प्रकाशित : 2 September, 2025 11:57 am