काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर कम्पनी लिमिटेडको धितोपत्र कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्थगित गरेको छ। नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक भदौ ११ गते बसेर वार्षिक साधारण सभासम्बन्धी निर्णय गरे पनि उक्त जानकारी नेप्सेमा भदौ १६ गते प्राप्त भएको थियो। सो कारण नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम उल्लंघन भएको ठहर गरेको छ।
उक्त विनियम अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने कुनै पनि सूचना, निर्णय वा जानकारी सूचीकृत संस्थाले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेलाई (नट्समार्फत) बुझाउनु पर्ने व्यवस्था छ। तर, अपर स्याङ्गे हाईड्रोपावरले उक्त प्रावधान पालना नगरेको नेप्सेले जनाएको छ।
यसै कारण, विनियमावलीको विनियम १६(१)(ख) को प्रावधानअनुसार नेप्सेले कम्पनीको धितोपत्र कारोबार भदौ १६ गतेदेखि स्थगित गरेको हो।
साथै, नेप्सेले कम्पनीलाई पत्र पठाउँदै प्राप्त मितिले तीन कार्यदिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ। यसमा, समयमै सूचना नबुझाउनुपर्ने कारण र सञ्चालक समितिले वार्षिक साधारण सभासम्बन्धी गरेका निर्णयको छायाँ प्रतिलिपि पेश गर्न भनिएको छ।





Comment