काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन बैंक लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगे अब उक्त एफपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता १०० अंकित दरमा ५७ प्रिमियम थप गरी जम्मा १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो ।





Comment