नबिल ब्यालेन्स्ड फण्ड २ र ३ को लाभांश घोषणा, बुकक्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल ब्यालेन्स्ड फण्ड २ र ३ को लाभांश घोषणा, बुकक्लोज कहिले ?



काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ ले आफ्ना इकाईधनीलाई आकर्षक लाभांश दिने घोषणा गरेका छन्। भदौ १२ गते बसेको फण्डहरुको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यी दुबै फण्डहरुले १३–१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। साथै सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २२ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार भदौ १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी दुबै फण्डहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 29 August, 2025 12:05 pm