काठमाडौं । नेपालमा टाटा मोटर्सका गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आफ्ना लोकप्रिय इलेक्ट्रिक मोडलमा नयाँ कर्जा सुविधा उपलब्ध गराएको छ। अब ग्राहकहरूले टाटा टियागो ईभीलाई दैनिक रु.६२२ किस्तामा किन्न सक्ने भएका छन्।
यो सुविधा राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलब्ध हुनेछ, जसमा ब्याजदर ६.१० प्रतिशत र न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ।
त्यस्तै, टाटा पन्च ईभी पनि दैनिक रु.८०३ किस्तामा लिन सकिनेछ। दुबै मोडलमा ब्याजदर र डाउन पेमेन्टको व्यवस्था समान लागू हुनेछ।
टाटा टियागो ईभीमा २४ किलोवाट–आवर ब्याट्री र ४८ किलोवाट मोटर जडान गरिएको छ। यसको मूल्य रु.२७.४९ लाखदेखि २९.९९ लाख सम्म छ। कम्पनीका अनुसार विगत दुई वर्षमा २,२३३ युनिट टियागो ईभी नेपाली सडकमा गुडिरहेका छन्।
त्यस्तै, टाटा पन्च ईभीमा ३५ किलोवाट–आवर ब्याट्री र ९८ किलोवाट मोटर रहेको छ। यो मोडल दुई भेरिएन्टमा उपलब्ध छ — इम्पावर्ड लङ रेन्ज (रु.३७.९९ लाख) र इम्पावर्ड+ S लङ रेन्ज (रु.३९.९९ लाख)। पन्च ईभीले पनि नेपालमा छोटो समयमै राम्रो बिक्री गरेको छ, जसमा एक वर्षमै ८९८ युनिट बिक्री भइसकेका छन्।
सिप्रदीले ल्याएको यो नयाँ किस्ता योजना नेपाली ग्राहकलाई इलेक्ट्रिक गाडीप्रति अझ आकर्षित गर्ने अपेक्षा गरिएको छ।





Comment