काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो–२०२५ यस वर्ष ऐतिहासिक संख्यामा सम्पन्न भएको छ। लगातार ६ दिन चलेको १७औँ संस्करणमा करिब १ लाख ६० हजार दर्शक उपस्थित भए भने ४ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएको नाडाले जनाएको छ।
यसपटकको अटो शोमा १३५ स्टल राखिएका थिए जहाँ ३० नयाँ मोडेल पहिलोपटक सार्वजनिक गरिए। वातावरणमैत्री प्रविधि, आकर्षक डिजाइन र नयाँ पुस्ताका विद्युतीय सवारीहरूले उपभोक्ता र व्यवसायी दुवैको चासो बढाएका थिए।
ब्रान्डवार बुकिङ (चारपांग्रे सवारी)
बीवाइडी (BYD): १,४०० युनिट – अग्रस्थान
नामी: ८१२ युनिट
टाटा: ८०० युनिट
डिपल: ६०७ युनिट
जिली ग्यालेक्सी: १८७ युनिट
सेरेस: १०३ युनिट
जिनपेङ (नयाँ ब्रान्ड): १०२ युनिट
सिजी एक्सपेङ: ७० युनिट
दुईपांग्रे सवारीतर्फ
रोयल इनफिल्ड: १६० युनिट
हिरो मोटोकर्प: ६० युनिट
व्यवसायीहरूका अनुसार, यस वर्ष विद्युतीय सवारीप्रतिको आकर्षण झनै बढेको छ। बुकिङ र सहभागिताले देखाएको उत्साहले आगामी वर्षहरूमा नेपालमा इलेक्ट्रिक गाडीको बजार अझै विस्तार हुने संकेत दिएको उनीहरूको धारणा छ।





Comment