विद्युतीय गाडीको क्रेज : नाडा अटो शो २०२५मा बीवाइडीको दबदबा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विद्युतीय गाडीको क्रेज : नाडा अटो शो २०२५मा बीवाइडीको दबदबा



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो–२०२५ यस वर्ष ऐतिहासिक संख्यामा सम्पन्न भएको छ। लगातार ६ दिन चलेको १७औँ संस्करणमा करिब १ लाख ६० हजार दर्शक उपस्थित भए भने ४ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएको नाडाले जनाएको छ।

यसपटकको अटो शोमा १३५ स्टल राखिएका थिए जहाँ ३० नयाँ मोडेल पहिलोपटक सार्वजनिक गरिए। वातावरणमैत्री प्रविधि, आकर्षक डिजाइन र नयाँ पुस्ताका विद्युतीय सवारीहरूले उपभोक्ता र व्यवसायी दुवैको चासो बढाएका थिए।

ब्रान्डवार बुकिङ (चारपांग्रे सवारी)

बीवाइडी (BYD): १,४०० युनिट – अग्रस्थान

नामी: ८१२ युनिट

टाटा: ८०० युनिट

डिपल: ६०७ युनिट

जिली ग्यालेक्सी: १८७ युनिट

सेरेस: १०३ युनिट

जिनपेङ (नयाँ ब्रान्ड): १०२ युनिट

सिजी एक्सपेङ: ७० युनिट

दुईपांग्रे सवारीतर्फ

रोयल इनफिल्ड: १६० युनिट

हिरो मोटोकर्प: ६० युनिट

व्यवसायीहरूका अनुसार, यस वर्ष विद्युतीय सवारीप्रतिको आकर्षण झनै बढेको छ। बुकिङ र सहभागिताले देखाएको उत्साहले आगामी वर्षहरूमा नेपालमा इलेक्ट्रिक गाडीको बजार अझै विस्तार हुने संकेत दिएको उनीहरूको धारणा छ।

प्रकाशित : 25 August, 2025 3:41 pm