माबिलुङ इनर्जीकाे आईपीओ बाँडफाँड मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माबिलुङ इनर्जीकाे आईपीओ बाँडफाँड मिति तय



काठमाडौ। माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आइतबार हुने भएको छ । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओ भदौ ८ गते बाँडफाँड हुने भएको हो।

उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे हुनेछ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २१.३५ गुणा बढी आवेदन परेको छ। त्यसैले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । कम्पनीले सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गरेको छ ।

सर्वसाधारणका लागि छुट्टाइएको १५ लाख ४ हजार ७०६ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका गत असार २२ गतेदेखि साउन ४ गतेसम्म जारी गरिएको थियो ।

प्रकाशित : 21 August, 2025 5:42 pm