क्रेस्ट माइक्रो लाइफको लक–इन अवधि असोजमा समाप्त, १.१२ लाख कित्ता सेयर खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

क्रेस्ट माइक्रो लाइफको लक–इन अवधि असोजमा समाप्त, १.१२ लाख कित्ता सेयर खुल्ने



काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी असोज महिनामा समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक इन अवधि असोज ५ गते समाप्त हुन लागेको हो ।

सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

कम्पनीले २०८१ फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड चैत ५ गते भएको थियो ।

प्रकाशित : 20 August, 2025 12:29 pm