धितोपत्र बोर्डको सञ्चालक सदस्यमा हेमराज ढकाल नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बोर्डको सञ्चालक सदस्यमा हेमराज ढकाल नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाललाई धितोपत्र बोर्डको सञ्चालक सदस्यको रुपमा नियुक्त गरिएको छ। निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनी बोर्डमा नियुक्त भएका हुन्।

नेपालको बैंक, वित्त तथा पुँजी बजारमा समृद्ध अनुभव रहेका ढकाललाई बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

बोर्डमा निजी क्षेत्रबाट संचालक नियुक्त गर्ने परम्परा रहेकाले ढकाललाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यको रूपमा मनोनयन गरी पठाएका हुन्। उनी हाल हेरिटेज ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष पनि रहेका छन्।

प्रकाशित : 13 August, 2025 2:11 pm