काठमाडौँ । लगानीकर्ताका पाँच संघ-संगठनहरुले अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईएसआईएन) सम्बन्धी निर्देशिकालाई स्वागत गर्दै तत्काल लागू गर्न माग गरेका छन्। जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डलाई निर्देशिका मस्यौदा छिटो स्वीकृत गर्न आग्रह गरेका हुन्।
उनीहरूले केही कम्पनीका संस्थापक सेयरधनीहरूले लकइन अवधि नखुल्दै कर्मचारीको मिलेमतोमा एउटै आईएसआईएनको दुरुपयोग गरी सेयर दोश्रो बजारमा बिक्री गर्ने प्रवृत्ति बढेको आरोप लगाएका छन्। यस्तो क्रियाकलाप रोक्न दुईवटा नम्बर प्रयोग गर्नुपर्नेमा समेत जोड दिएका छन्।
संघहरूले आईएसआईएन व्यवस्था पुँजीबजारलाई थप पारदर्शी, स्थिर र विश्वसनीय बनाउने दाबी गर्दै आईपीओ वा हकप्रद सेयर स्वीकृत गर्नुअघि कम्पनीको सुशासन, जोखिम वहन क्षमता, पारदर्शिता र व्यावसायिक योजनाको अध्ययन गर्नुपर्ने माग गरेका छन्।






Comment