चौथो त्रैमासमा मितेरी बैंकको नाफा र ब्याज आम्दानी दुवैमा कमी, लाभांश क्षमता कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चौथो त्रैमासमा मितेरी बैंकको नाफा र ब्याज आम्दानी दुवैमा कमी, लाभांश क्षमता कति ?



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक रिपोर्टमा खुद नाफा र ब्याज आम्दानी दुवैमा गिरावट आएको विवरण सार्वजनिक गरेको छ। बैंकले यस अवधिमा १३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो। अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले १४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी २५ करोड ९७ लाख रुपैयाँबाट घटेर २० करोड ४३ लाख रुपैयाँमा आइपुगेको छ । जुन २१.३२ प्रतिशतले कमी हो। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवमा यस्तो रकम १५ करोड ५७ लाख रहेको थियो । यो अवधिमा बैंकको लाभांश क्षमता १४.०१ प्रतिशतबाट घटेर १२.८३ प्रतिशतमा सीमित बनेको छ ।

यता बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

१ अर्ब २१ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ १५ करोड ६१ लाख र रिजर्भको आकार ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ०.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ०.२८ प्रतिशतमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) पनि १३.०४ प्रतिशतबाट घटेर १०.७१ प्रतिशतमा झरेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४.२३ गुणा र तरलता अनुपात ३५.८६ प्रतिशत कायम भएको छ ।

प्रकाशित : 11 August, 2025 12:39 pm