काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको आधारमा १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी पनि गरेको छ। कम्पनीका अनुसार प्रस्तावित लाभांश र हकप्रद योजना आगामी आर्थिक वर्षको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लागू हुने छ। त्यसपछि शेयरधनीले लाभांश र हकप्रद दुवै सुविधा पाउने छन्।





Comment