माबिलुङ इनर्जीको आईपीओ निष्कासन, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माबिलुङ इनर्जीको आईपीओ निष्कासन, कति दिने आवेदन ?



काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ । कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत शेयर छुट्याएर जारी गरिसकेको छ ।

प्रति कित्ता १०० रुपैयाँ अंकित आईपीओको लाागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यो आईपीओ छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म खुला रहनेछ भने यसको बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : 11 August, 2025 11:18 am