एभरेष्ट बैंकको खुद नाफा करिब ५ अर्ब, लाभांश क्षमता कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकको खुद नाफा करिब ५ अर्ब, लाभांश क्षमता कति ?



काठमाडौं। एभरेष्ट बैंकले करिब ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार एकवर्षे अवधिमा खुद नाफा ३८.८१ प्रतिशतले वृद्धि भएको छ।

बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो। विवरणअनुसार उक्त अवधिमा बैंकले ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ।

एकवर्षे अवधिमा बैंकको वितरणयोग्य नाफा ५०.०३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद नाफा र वितरणयोग्य नाफा बढेसँगै बैंकको लाभांश क्षमतासमेत ३८.२७ प्रतिशत पुगेको छ। अघिल्लो आव वर्ष बैंकको लाभांश क्षमता २८.०६ प्रतिशत थियो।

गत वर्ष बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ९ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। साथै, उक्त अवधिमा बैंकले २ अर्ब ९३ करोड रुपैयाँ खुद सञ्चालन आम्दानीसमेत गरेको छ।

समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.४१ प्रतिशत बिन्दुले घटेर ०.३० प्रतिशत कायम भएको छ। उक्त अवधिमा बैंकको बेसरेट ५.३६ प्रतिशत, स्प्रेडदर ३.४८ प्रतिशत, सिडी रेसियो ७०.५६ प्रतिशत, प्रतिसेयर आम्दानी ३७.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २ सय ४७.३९ पैसा र तरलता रेसियो ३८.९४ प्रतिशत रहेको छ।

प्रकाशित : 11 August, 2025 7:28 am