काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा १३.७१ प्रतिशतको वृद्धि गरेकाे छ। कोषले उक्त अवधिमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा कोषको खुद नाफा १ अर्ब १० करोड रुपैयाँ थियो।
कोषको ब्याज आम्दानी घटेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी बढेको छ । ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ४४ करोड रहेकोमा गत आर्थिक वर्ष ३३ करोडमा झरेको छ । सेवा शुल्क तथा कमिसन आम्दानी अघिल्लो आवमा १ अर्ब ४१ करोड रहेकोमा गत आवमा १ अर्ब ६५ करोड छ ।
सेवा शुल्क तथा कमिसन आम्दानीमा आएको वृद्धिले नाफा बढेको हो । कोषले असार मसान्तसम्म १ खर्ब ५८ अर्ब रुपैयाँ विभिन्न बैंकमा मुद्दती निक्षेपका रुपमा लगनी गरेको छ ।
त्यस्तै ३१ अर्ब रुपैयाँ विभिन्न संगठित संस्थाका धितोपत्रमा लगानी गरेको छ । ६० अर्ब रुपैयाँ सहभागी सापटी तथा आवास कर्जा प्रदान गरेको छ । कम्पनीको खुद कोष मौज्दात २ खर्ब ६६ अर्ब रुपैयाँ बराबर छ ।
प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा छ । पहिले प्रतिसेयर आम्दानी २० रुपैयाँ ७५ पैसा थियो । बोनस सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूँजी ९सेयर संख्या० बढेकाले नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको हो ।





Comment