कालिञ्चोक दर्शनको आम्दानी ३५ प्रतिशतले बढ्यो, नाफामा पनि उछाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कालिञ्चोक दर्शनको आम्दानी ३५ प्रतिशतले बढ्यो, नाफामा पनि उछाल



काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीको आम्दानी ३५.६५ प्रतिशतले वृद्धि भई ७ करोड ६३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ५ करोड ६२ लाख रुपैयाँ मात्र थियो। योसँगै नाफामा पनि सकारात्मक वृद्धि भएको छ।

कम्पनीको नाफा समीक्षा अवधिमा ४७.०८ प्रतिशतले बढेको छ । कम्पनीले २ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अवधिमा कम्पनीले १२ लाख ९५ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ । कम्पनीको कर्मचारी खर्च १ करोड ३३ लाख , ह्रासकट्टी खर्च १ करोड ४४ लाख, अन्य खर्च १ करोड ११ लाख र वित्त खर्च ९२ लाख ४४ हजार रहेको छ । कम्पनीको रिजर्भ कोषमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित रहेकाके छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.४१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४६.९७ रुपैया र चालु अनुपात ३.९४ प्रतिशत कायम भएको छ ।

प्रकाशित : 10 August, 2025 11:47 am