काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य ओरालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन एक लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च हो।
आज चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ३३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी दुई हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।





Comment