काठमाडौं । मोबिलिटी एक्स्पोको चौथो दिन पारामाउन्ट मोटर्सले जापानी अटोमोबाइल निर्माता माज्दाको नयाँ प्रिमियम SUV, CX-60, आधिकारिक रूपमा नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले लन्चसँगै यसको बिक्री पनि सुरु गरेको छ।
पारामाउन्ट मोटर्सका अनुसार, CX-60 मोडल All Wheel Drive प्रणालीसहित उपलब्ध हुनेछ। यो मोडल जापानी ब्रान्डको नयाँ डिजाइन र इन्जिनियरिङ्ग अवधारणामा तयार भएको बताइएको छ।
स्पेसिफिकेसन र मापन
लम्बाइ: 4,550 मिमी
चौडाइ: 1,840 मिमी
उचाइ: 1,660 मिमी
इन्जिन: 2.5 लिटर पेट्रोल
अधिकतम पावर: 185 BHP
पीक टर्क: 250 Nm
टप स्पीड: 180 km/h
CX-60 मा ६ एयरब्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा, तथा विभिन्न सेन्सरजस्ता आधुनिक सुरक्षा सुविधा समावेश गरिएको छ।
कम्पनीका अनुसार यसको इन्टेरियरलाई प्रिमियम फिनिस र उच्चस्तरीय आरामको ध्यान राखी डिजाइन गरिएको छ।
यो SUV को मूल्य रु. १ करोड ५१ लाख तोकिएको छ। बजारमा यसले प्रिमियम SUV सेग्मेन्टमा रहेका अन्य मोडेलहरूसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।





Comment