काठमाडौं । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्सपो २०२५ मा नयाँ प्रविधियुक्त ‘प्रोटोन ईमास ७’ सार्वजनिक गरेको छ। यस अवसरमा कम्पनीले विशेष ग्राहक अफर घोषणा गर्दै देशभर सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।
यस वर्ष सुरुवातमै नेपाल भित्रिएको मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन ईमास ७ ले नेपाल निर्यात गरेर नयाँ इतिहास रचेको थियो। आफ्नो सेगमेन्टमा मलेसियामा नम्बर १ ईभीको स्थानमा रहेको यो मोडेललाई नेपालमा समेत लोकप्रिय हुने अपेक्षा गरिएको छ।
सेवा विस्तारको योजना
१४ वर्षभन्दा बढी अनुभव भएको जगदम्बा मोटर्सले २०१८ नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरण गर्दै आएको छ। कम्पनीले २०२५ भित्र १२ वटा शोरूम र सर्भिस सेन्टर सञ्चालन गर्ने योजना बनाएको छ। हाल ३ वटा शोरूममार्फत सेवा दिइँदै आएको कम्पनीले प्रोटोन गाडी र सेवालाई नेपालभर सहज उपलब्ध गराउने लक्ष्य लिएको छ।
शंकर ग्रुप अन्तर्गत क्रियाशील जगदम्बा मोटर्सले प्रोटोन र गिलीद्वारा प्रमाणित प्राविधिक, प्रामाणिक स्पेयर पार्ट्स, आधुनिक डाइग्नोस्टिक उपकरण, सरल वारेन्टी दाबी प्रक्रिया र चार्जिङ स्टेसन निर्माणमार्फत ईभी इकोसिस्टम विकास गरिरहेको जनाएको छ।
विशेष अफर
नाइमा मोबिलिटी एक्सपोमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले निम्न सुविधा दिने घोषणा गरेको छः
४ वर्षको लागि शून्य प्रतिशत ब्याजदरमा ऋण (६० मिनेटमै स्वीकृत)
ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारेन्टी
रु २ लाख ९९ हजार नगद छुट
पुरानो गाडी एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन
निःशुल्क अटो प्लस बीमा र व्यापक कभरेज
प्रिमियम रोडसाइड सहायता सेवा र तत्काल सहयोगका लागि विशेष WhatsApp सहायता च्याट
कम्पनीको प्रतिबद्धता
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “प्रोटोन ईमास ७ को आगमन र सेवा सञ्जालको विस्तारसँगै हामी विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौं।”
कम्पनीले प्रोटोन ईमास ७ जस्ता नवीन प्रविधियुक्त गाडी ल्याउन र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको बताएको छ। यसले नेपालको दिगो मोबिलिटी यात्रामा महत्वपूर्ण योगदान गर्ने कम्पनीको दाबी छ।
ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपोमा स्टल एल ५– हल बी मा पुगेर प्रोटोन ईमास ७ प्रत्यक्ष अवलोकन गर्न आग्रह गरिएको छ।





Comment