सभामुख घिमिरेसमक्ष ‘कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन पेस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सभामुख घिमिरेसमक्ष ‘कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन पेस



काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन्।

२९ दिन लामो सरोकारवालासँगको छलफलपश्चात समितिले प्रतिवेदन तयार गरेको हो। यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो । गत असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की थिए ।

प्रकाशित : 5 August, 2025 2:37 pm